गृहमन्त्रीको गृह नगरमा कांग्रेस र माओवादीबीच भयो झडप, १० जना घाइते

Jhadap logo

रुकुम । अर्थमन्त्री जनार्दन शर्माको गृह नगरमा काँग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको छ । आपसी विवादका क्रममा दुई पक्षीयबीच झडप भएको हो ।

रुकुम पश्चिमको मुसिकोटमा भएको झडपका क्रममा १० जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले झडप भएको पुष्टि गर्दै दुबै पक्षका गरी १० जना घाइते भएको बताए । मुसिकोटमा एमाले र काँग्रेसको गठबन्धन छ भने माओवादी केन्द्र एकीकृत समाजवादी पार्टीसँग मिलेर चुनावी भिडन्तमा छ ।

सत्ता गठबन्धनले देशभर अधिकांस स्थानमा पाँच पार्टीबीच मात्रै चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । तर अर्थमन्त्री शर्माको आफ्नै गृह नगरमा भने एमालेसँग कांग्रेसले तामेल गरेको थियो । सोही विषयमा पनि कांग्रेस र माओवादीबीच मतान्तर हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस