सत्ता गठबन्धन बाहेकसँग भएका तालमेल खारेज गर्न शीर्ष नेताको कडा निर्देशन

बागी उम्मेदवारी सबै फिर्ता गराउने (संयुक्त विज्ञप्तीसहित)

Gathabandhan meeting 9tnyf30vo6

काठमाडौं । सत्ता गठबन्धनले दोहोरो उम्मेदवारी फिर्ताका लागि निर्देशन दिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको हो ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि दर्ता गरेको मनोनयन फिर्ता लिने दिनको अघिल्लो दिन बुधबार गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो । सो बैठकले गठबन्धनभित्रका कुनै पनि दलले गठबन्धनबाहिरका दलसँग तालमेल नगर्ने र गरेको भए अबिलम्ब खारेज गर्ने सहमति पनि भएको छ ।

यसअघि गठबन्धनमा भएको निर्णयविपरीत विभिन्न स्थानीय तहमा एमालेसँग काँग्रेस, माओवादीलगायतका पार्टीले तालमेल गरेको समाचार सार्वजनिक भएका थिए ।  गठबन्धनको बैठकपछि जारी विज्ञप्तीको सातौँ बुँदामा भनिएको छ, ‘गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अबिलम्ब खारेज गर्ने ।’

बुधबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दोहोरो उम्मेदवारी फिर्ताका लागि मातहतको संयन्त्रलाई निर्देशन दिएको हो । बैठकमा चुनावी तालमेलको समीक्षा भएको जसपा अध्यक्ष उपेन्द्र यादवले बताए ।

सत्ता गठबन्धनबीच केन्द्रीय तहमै महानगर र उपमहानगरपालिकामा भएको सिट बाँडफाँटमा पनि दोहोरो उम्मेदवारी परेको छ । ६ महानगर र ११ उपमहानगरपालिकामध्ये अधिकांशमा गठबन्धन भित्रैबाट बागी उम्मेदवारी परेको छ । त्यसलाई फिर्ता गर्न केन्द्रले नै निर्देशन दिएको उनको भनाइ छ ।

नगर र गाउँपालिकामा सम्बन्धित प्रदेश र जिल्ला गठबन्धनको संयन्त्रलाई साझा उम्मेदवारीका लागि पहल गर्ने जिम्मेवारी दिएको यादवले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...