ललितपुरमा कांग्रेस र माओवादीबीच मात्रै गठबन्धन, नेकपा एस र जसपा ‘आउट’

Satta gathabandha

ललितपुर । ललितपुरमा कांग्रेस र माओवादीबीच मात्रै गठबन्धन हुने भएको छ । यही ३० गते हुने स्थानीय निर्वाचनका लागि ललितपुरमा सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्र गठबन्धन हुने भएको हो ।

बागमती प्रदेश कांग्रेस सभापति ईन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रका बागमती अध्यक्ष सरल सहयात्रीबीच कांग्रेस र माओवादीबीच मात्रै चुनावी तालमेल गर्ने सहमति भएको हो। 

सहमति अनुसार ६ वटा स्थानीय तह रहेको ललितपुरमा चार वटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । जसमा ललितपुर महानगर, गोदावरी नगर, बागमती नगर र महांकाल गाउँपालिकाको प्रमुख कांग्रेसले पाएको छ । गोदावरी प्रमुख र उपप्रमुख दुवै कांग्रेसले पाएको छ ।

महालक्ष्मी नगर र कोन्ज्योसोम गाउँपालिका माओवादी र उप्रमुख कांग्रेसले पाएको छ । उता सत्तागठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने कांग्रेस र माओवादीप्रति असन्तुष्ट जनाउँदै छुट्टाछट्टै उम्मेदवारी दिने बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...