कांग्रेसको निर्वाचन घोषणापत्र : १० वर्षमा समुन्नत नेपालको राष्ट्रिय संकल्प र मार्गचित्र प्रस्तुत गरिने (पूर्ण प्रतिवेदनसहित)

Congresss

ललितपुर । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् ।

काँग्रेसले ‘सबल स्थानीय सरकार स् समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर ‘नेपाली काँग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९’ जारी गरेको हो ।

८८ पृष्ठ लामो घोषणापत्रमा २०७४ को निर्वाचनपछि खेर गएको पाँच वर्ष, प्रदेश र केन्द्रमा नेकपाको सरकार, नेकपा सरकारको अधिनायकवाद र सर्वसत्तावाद, प्रतिनिधिसभा विघटन, लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र, प्रतिपक्षमा काँग्रेसले निर्वाह गरेको जिम्मेवारीपूर्ण भूमिका, राष्ट्रिय संकटको बेला काँग्रेसले खेलेको भूमिका, आगामी १० वर्षमा समुन्नत नेपालको राष्ट्रिय संकल्प र मार्गचित्र प्रस्तुत गरेको छ ।

ओली सरकारको कदमले लोकतन्त्र र संविधानको आधारभूत मूल्य र मर्म माथि नै सांघातिक आक्रमण गरेको घोषणापत्रमार्फत कांग्रेसले आरोप लगाएको छ । विघटनपछि मुलुकमा अध्यादेशतन्त्र सुरू भएको भन्दै कांग्रेसले भनेको छ, ‘त्यसपछि संविधानवाद होइन, अधिनायकवाद र सर्वसत्तावादको घोषित अध्याय प्रारम्भ गरिएको थियो ।’

फेरि दोस्रो विघटनबाट नेपालको संविधान, संवैधानिक सर्वोच्चता, संविधानवाद र सर्वोच्च अदालतकै फैसलाको उल्लंघन भएको भन्दै कांग्रेसले त्यसमा राष्ट्रपतिको भूमिका पनि बदनियतपूर्ण र दुराशययुक्त देखिएको आरोप लगाएको छ ।

प्रतिनिभिसभा विघटन गरेपनि ओली सरकारको निर्वाचन गर्ने उद्देश्य नरहेको भन्दै घोषणपत्रमा कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अकल्पनीय व्यवहार भएको टिप्पणी गरेको छ ।

घोषणापत्रमा भनिएको छ, ‘कांग्रेसले राष्ट्रपति जस्तो सम्मानित, राष्ट्रको अभिभावक तथा संविधानको संरक्षक र पालक संस्थाबाट यस्तो असंवैधानिक र विवादास्पद भूमिका निर्वाह होला भनेर कल्पना समेत गरेको थिएन ।’

राष्ट्रपतिले षड्यन्त्रमूलकरूपमा जालसाजी गरी सरकार गठन गर्ने संवैधानिक अवसर नदिएएकाले न्यायिक उपचारका लागि अदालत जानुपरेको कांग्रेसले दाबी गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...