लुम्बिनीका १३ वटा पालिकाका गठबन्धनबीच नै प्रतिष्पर्धा

Gathabandha chinha

बुटवल । देशभरका स्थानीय तह सत्ता साझेदार दलहरुबीच चुनावी गठबन्धन बनिरहेका बेला लुम्बिनी प्रदेशका १३ पालिकामा गठबन्धनबीच तालमेल नभई प्रतिस्पर्धा हुने भएको छ ।

प्रदेशका सीमावर्ती पालिकामा गठबन्धनबीच सहमति नभएपछि खुला प्रतिस्पर्धा हुने भएको हो । गठबन्धनका छलफलमा सहमति हुन नसकेपछि ‘आफूभित्रै मित्रवत्’ प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् ।

एमाले तेस्रो र चौथो शक्तिका रूपमा रहेका पालिका र जिल्लामा गठबन्धन दलभित्र छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने सहमतिअनुसार तयारी थालेका छन् । गठबन्धनका अनुसार तराईका जिल्लामा मुख्यगरी जसपा र कांग्रेसबीच टक्कर देखिएको छ ।

सत्ता साझेदार दलका अनुसार बर्दियामा कांग्रेस, एमाले र माओवादीबीच प्रतिस्पर्धा हुनेछ । बाँकेमा नयाँ गठबन्धन सम्भावना देखिएको छ । रोल्पामा बिहीबार साँझसम्म कांग्रेस र माओवादीबीच प्रतिस्पर्धाको तयारी देखिएको छ ।

लुम्बिनीमा भारतसँग सीमा जोडिएका २५ स्थानीय तह छन् । तीमध्ये १३ वटामा मित्रवत् प्रतिस्पर्धा हुन लागेको हो । रूपन्देहीमा मात्र सात पालिका भारतसँग सीमा जोडिएका छन् । सीमा जोडिएका क्षेत्रमा जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र कांग्रेसको प्रभाव बढी छ । धेरै स्थानमा एमाले तेस्रो र चौथो स्थानमा छ ।

रुपन्देहीका मर्चवारी, कोटहीमाई, सम्मरीमाई, मायादेवी, गैडहवा गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ । त्यहाँ जसपा र कांग्रेसबीच प्रतिस्पर्धा हुँदै छ ।

नेपालगन्ज उपमहानगरपालिकामा केन्द्रीय निर्णय प्रदेशले अस्वीकार गरेको र स्थानीय स्तरबाट छुट्टै निर्वाचनमा जान दबाब बढेकाले एक्लै लड्ने तयारी गरेको उनले बताए । लुम्बिनी प्रदेशमा २०७४ को निर्वाचनमा रूपन्देहीमा ५, कपिलवस्तुमा तीन, बाँकेको एक गरी ९ स्थानीय तहमा जसपा पहिलो शक्ति छ । बर्दिया, दाङ र पश्चिम नवलपरासीमा गरी ५ स्थानीय तहमा कांग्रेस र माओवादी पहिलो र दोस्रो शक्ति छन् ।

प्रतिकृया दिनुहोस