धरानमा रेवतरमण राईको अध्यक्षतामा एकीकृत समाजवादी गठन

Yes dharan

धरान । नेकपा (एकीकृत समाजवादी) धरान नगर कमिटीको भेलाले रेवतरमण राईको अध्यक्षतामा ७१ सदस्यीय कमिटी बनाएको छ ।

उद्योग वाणिज्य संघको सभाहलमा शुक्रबार भएको अधिवेसनमा धरानका कम्युनिष्ट नेता राईको अध्यक्षतामा ७१ सदस्यीय कमिटी बनाएको छ । नव गठित धरान उपमहानगर कमिटिको उपाध्यक्षमा सुकलाल लिम्बू र पद्मा सुब्बा रहेका छन् भने सचिबमा खेम दाहाल र उपसचिबमा अम्रता सेन्चुरी रामदाम र स्वर्णिम लिम्बू रहेका छन् ।

धरान उपमहानगर कमिटिको सद्स्यहरुमासुजित शंकर, निर्मला दियाली, सन्जोक बराइली, घमानसिङ बिक, दिल्पना श्रेष्ठ,अर्जुन श्रेष्ठ, हेमसोभा राई, भिम लाम्गादे, कबिता बिक, लक्ष्मी लकान्द्री, रोसनी राई, सबिर राई, मिना गहतराज, उदिम राई, राजकुमार राई, अयुब बराइली, सन्जु दर्नाल, सिला परियार, अमल बराइली, अजय मल्लिक,देवि परियार, बिरन नेपाली, मुना घताने, शम्भु बिश्वकर्मा, रोमन रसाइली, दिपक रसाइली, नन्द श्रेष्ठ, सुक बहादुर लिम्बू, गङगा माया खडका लगायत रहेका छन् ।

नेकपा एसकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज सुस्मा राईको सभापतित्वमा सम्पन्न भएको भेलामा नेकपा एसका पार्टी पोलिटब्युरो सदस्य धर्मराज निरौला, केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज महफुज आलम अन्सारी, पार्टीका प्रदेश १ अध्यक्ष बलदेव चौधरी, सुनसरी जिल्ला अध्यक्ष गोबिन्द निरौला, मुख्य मन्त्रीका सल्लाहकार, जीवन राई, धरान उपमहानगरपालिका अधिवेशन आयोजक कमिटिका सह –संयोजक कैलाश अग्रवाल लगायतले नेकपा एसमा एमाले त्यागेर आउनेहरुको लहर बढ्दै गएको बताए ।

प्रतिकृया दिनुहोस