एमसीसी विरुद्धको आन्दोलनमा सरिक बन्न दलित मुक्ति संगठनको अपिल (विज्ञप्तीसहित)

Ganesh bk

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाटै पारित गराउन लागिरहेका बेला सत्ता घटक भने आन्दोलनमा उत्रिएको छ । नेपाली कांग्रेस बाहेकका दलहरु र त्यसका जनवर्गीय संगठनहरु एमसीसीका विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

यसैबीच नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनले संसदबाट पारित गर्न खोजिएको एमसीसीविरुद्ध आन्दोलनमा उत्रिएको छ । साथै आम नागरिकलाई पनि एमसीसी विरुद्धको आान्दोलनमा सरिक बन्न अपिल गरेको छ ।

दलित मुक्ति संगठनका केन्द्रीय अध्यक्ष गणेश विश्वकर्माले आज बिहान विज्ञप्ति जारी गरी एमसीसी विरुद्धको देशव्यापी आन्दोलनमा सरिक हुन आम नागरिकलाई अनुरोध गरेका हुन् ।

‘नेपाली जनताले जस्तोसुकै प्रतिकुलतामा पनि जोगाएर राखेको राष्ट्रियता, सम्प्रभुता, देशभक्तिपूर्ण विरासतको रक्षाका लागि यस मिलिनियम च्यालेन्ज कर्पोरेशनका विरुद्ध दृढतापूर्वक उभिएर प्रतिरोध गर्न यस आन्दोलनमा सरिक हुन आम जनसमुदायमा आव्हान गर्दछौं’ अध्यक्ष विश्वकर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘गौरवपूर्ण विरता, स्वाभिमान र राष्ट्रहितको गाथा विरुद्ध हुने गरी नेपाली जनताको सार्वभौम सम्पन्न व्यवस्थापिका संसदमा राष्ट्रघाती सम्झौता मिलिनियम च्यालेन्ज कर्पोरेशन पेश गरिँदैछ’ विज्ञप्तीमा भनिएको छ, ‘नेपाली राजनीतिमा आफ्नो स्वार्थको लागिअन्तराष्ट्रिय शक्ति केन्द्रहरुको दलाली गर्ने, आफ्नो राजनीतिक स्वार्थका लागि देश र जनतामाथि गद्दारी गर्ने कार्य विगतदेखि नै भइरहेको छ । हाम्रो पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री कमरेड झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलको सिफारस विपरित व्यवस्थापिका संसदमा हतारहतारमा पेश गरी पारित गर्ने षडयन्त्रप्रति नेपाल दलित मुक्ति संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’

‘नेपाली जनताको सावैभौम सम्पन्न व्यवस्थापिका संसदमा राष्ट्रघाती सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन पेस गरिँदै छ । नेपाली राजनीतिमा आफ्नो स्वार्थको लागि अन्तराष्ट्रिय शक्ति केन्द्रहरुको दलाली गर्ने, आफ्नो राजनीतिक स्वार्थका लागि देश र जनतामाथि गद्दारी गर्ने कार्य विगतदेखि नै भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीका नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलको सिफारसविपरीत व्यवस्थापिका संसदमा हतारहतारमा पेस गरी पारित गर्ने षडयन्त्रप्रति नेपाल दलित मुक्ति संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’

नेकपा (एकीकृत समाजवादी) सम्बद्ध सम्पूर्ण जनवर्गीय संगठनहरुको सामुहिक आयोजनामा फागुन १ गते दिनको ठीक २ बजे देशका ७७ वटा जिल्लाका सदरमुकामहरुमा एकसाथ देशव्यापी विरोध कार्यक्रम गर्दैछ । सो विरोध प्रदशैन कार्यक्रममा आफ्नो पहिचानमा सरिक हुन नेपाल दलित मुक्ति संगठनका सबै तहका कमिटीहरुमा आबद्ध नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

साथै, नेपाली जनताले जस्तोसुकै प्रतिकुलतामा पनि जोगाएर राखेको राष्ट्रियता, सम्प्रभुता, देशभक्तिपूर्ण विरासतको रक्षाका लागि एमसीसीविरुद्ध दृढतापूर्वक उभिएर प्रतिरोध गर्न यस आन्दोलनमा सरिक हुन आम जनसमुदायमा आव्हान गरिएको छ ।

प्रेस विज्ञप्ति
MCC विरुद्धको देशव्यापीआन्दोलनमा सरिक हुन आव्हान ।
हामीलोकतन्त्र, राष्ट्रियता र जनजीविकाको पक्षमा सम्झौताहिन लडाई लड्दै आएका छौं । यसका लागि हामी सबैप्रकारका देशीविदेशी हस्तक्षेप, दवाव र धम्कीका विरुद्ध विजय प्राप्त गर्दै आएका छौं । हाम्रो यस गौरवपूर्ण विरता, स्वाभिमान र राष्ट्रहितको गाथा विरुद्ध हुने गरी नेपाली जनताको सार्वभौम सम्पन्न व्यवस्थापिका संसदमा राष्ट्रघाती सम्झौता मिलिनियम च्यालेन्ज कर्पोरेशन पेश गरिँदैछ । नेपाली राजनीतिमा आफ्नो स्वार्थको लागिअन्तराष्ट्रिय शक्ति केन्द्रहरुको दलाली गर्ने, आफ्नो राजनीतिक स्वार्थका लागि देश र जनतामाथि गद्दारी गर्ने कार्य विगतदेखि नै भइरहेको छ ।हाम्रो पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री कमरेड झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलको सिफारस विपरित व्यवस्थापिका संसदमा हतारहतारमा पेश गरी पारित गर्ने षडयन्त्रप्रति नेपाल दलित मुक्ति संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।

आम नेपाली राष्ट्रवादी तथा स्वाभिमानी सार्वभौम सम्पन्न नेपालीजनता यस राष्ट्रघाती मिलिनियम च्यालेन्ज कर्पोरेशन सम्झौताका विरुद्ध विगत लामो समयदेखि आन्दोलनमा रहेको र देशैभरिमा यस सम्झौताका विरुद्ध वहस चलिरहेको अवस्थामा यसलाई वेवास्ता गर्दै संसदमाहतारहतारमा पेश गर्न खोज्नुले यसको नियत स्पष्ट भएको छ । मिलिनियम च्यालेन्ज कर्पोरेशन सम्झौता इण्डोप्यासिफिक रणनीतिको हिस्सा भएको, चीनलाई घेर्ने रणनिित अन्तरगत नेपाललाई खेल मैदानबनाउने यो हालसम्कै सबैभन्दा ठूलो राष्ट्रघाती सम्झौता नेपालको संविधान, विद्यमान ऐन कानून र राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता, शान्ति, भातृत्व, अहस्तक्षेपको नीति र नेपालले अवलम्बनगर्दै आएको असलग्न परराष्ट्रनीतिको विपरित रहेको करा स्पष्ट छ ।

त्यसैले हाम्रो गौरवशाली पार्टी नेकपा (एकीकृत समाजवादी) सम्बद्ध सम्पूर्ण जनवर्गीय संगठनहरुको सामुहिक आयोजनामायही २०७८ फागुन १ गते दिनको ठीक २ बजे देशका ७७ वटा जिल्लाका सदरमुकामहरुमा एकसाथ आयोजना गरिएको देशव्यापी विरोध कार्यक्रममा नेपाल दलित मुक्ति संगठनका सबै तहका कमिटीहरुमा आबद्ध नेता तथा कार्यकर्ता कमरेडहरु आफ्नो पहिचानमा सरिक हुन अनरोध गर्दछौं । साथै, नेपाली जनताले जस्तोसुकै प्रतिकुलतामा पनि जोगाएर राखेको राष्ट्रियता, सम्प्रभुता, देशभक्तिपूर्ण विरासतको रक्षाका लागि यस मिलिनियम च्यालेन्ज कर्पोरेशनका विरुद्ध दृढतापूर्वक उभिएर प्रतिरोध गर्न यस आन्दोलनमा सरिक हुन आम जनसमुदायमा आव्हान गर्दछौं ।

क्रान्तिकारी अभिवादन सहित ।

मिति : माघ २९, २०७८ गणेश विश्वकर्मा
केन्द्रीय अध्यक्ष

प्रतिकृया दिनुहोस