झापाको चाउचाउ उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

Aago lageko

झापा । झापाको मेचीनगर १४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । चाउचाउ उद्योगमा बिहान साढे ४ बजेबाट आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा र मोरङका ९ वटा दमकलले आगो निभाउने प्रयास गर्दैछन् । बिग्रिएर थन्किएका कारण मेचीनगरको दमकल भने छैन । इलाम, मोरङ र सुनसरीबाट पनि दमकल आउँदै गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

बाँकी दुईवटा दमकल आइरहेको उनले बताए । बिजुली सट भएर आगो लागेको प्रहरीको आशंका छ । सो आगलागीबाट भएको क्षतिको विवरण, आगलागीको कारण खुल्न नसकेको उनले बताए ।

मेचीनगरमा यसअघि पनि आगलागी भएको थियो । २० माघमा मेचीनगर–६ स्थित एसएस फुटवेरमा आगलागी हुँदा करिब साढे नौ करोडको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस