चितवनस्थित कुखुरा फर्ममा बर्डफ्लु देखियो

Bird flue

चितवन । चितवनको राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्मको कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । फर्म रहेका लेयर्स कुखुरा रोगको कारण मर्न थालेपछि नमुना संकलन गरेर परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।

फर्मको कुखुरा मर्न थालेपछि माघ २५ गते नमुना संकलन गरी काठमाडौँ पठाइएकोमा बिहीबार संक्रमण पुष्टि भएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरामा बर्डफ्लुको एचपाइभ एनवान संक्रमण देखिएको बताएका छन् ।

बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लु नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको सीडीयो तामाङले बताए ।

फर्ममा रहेका सबै कुखुरा नष्ट गरिने र फर्म वरिपरि १ सय मिटरभित्र रहेका कुखुरासमेत नष्ट गर्ने निर्णय भएको उनले बताएका छन् । फर्ममा चार हजार कुखुरा रहेकोमा दुई हजार तीन सय कुखुरा रोगका कारण मरिसकेका छन् ।

प्रतिकृया दिनुहोस