६ जना एसपीको काज सरुवा

Nepal police headquarter

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । बर्दियामा वीरेन्द्र शाही, चितवनमा नवराज अधिकारी र महोत्तरीमा कृष्ण पंगेनीलाई जिम्मेवारी दिइएको छ ।

यसअघि शाही अख्तियार दुरुपयोग अनुसन्धानमा आयोगमा रहेका थिए भने बाग्मती प्रदेशमा रहेका अधिकारी चितवनमा सरुवा भए । अपराध महाशाखामा रहेका पंगेनीलाई महोत्तरीमा पठाइएको हो ।

यस्तै महोत्तरीमा भएका दिनेश आचार्य अपराध महाशाखामा आएका छन् भने बर्दियामा रहेका ईश्वर कार्कीलाई प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य विभागमा आएका छन् ।

प्रतिकृया दिनुहोस