फागुन १३ मा कांग्रेसको १६ जिल्लाको अधिवेशन हुने

Congress ofc

काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ । कार्यसम्पादन समिति बैठकको निर्णयबमोजिम निर्वाचन समितिले शुक्रबार यस्तो निर्णय गरेको हो ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन हुन बाँकी छ ।

यदी १३ गतेको निर्वाचन ५० प्रतिशतभन्दा कम मत आई दोस्रो चरणमा जानु पर्ने भएमा १४ गते अधिवेशन गरिने निर्वाचन समिति संयोजक घिमिरेले जानकारी दिएका छन् ।

पछिल्लो पटक काँग्रेसले माघ १५ गतेलाई अधिवेशनको मिति तोकेपनि कोरोनाका कारण स्थगित गरिएको थियो । त्यसअघि अनिश्चित बनेको अधिवेशन पुनः गर्न काँग्रेस जुटेको हो ।

प्रतिकृया दिनुहोस