एमसीसी संददबाटै पास गराउनुको विकल्प नभएको कोइरालाको जिकिर, एक्लै चुनाव लड्ने

Sekhar koirala

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्नुपर्ने विषय पेचिलो बन्दै गएका बेला नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले संसदबाटै अनुमोदन गराउनुको विकल्प नभएको बताएका छन् ।

काठमाडौँमा जारी नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा नेता डा. कोइरालाले एमसीसीलाई सम्भव भए राजनीतिक दलहरूबीचको सहमतिबाट नभए सार्वभौम संसद्मा प्रक्रियामार्फत् निकास दिनुपर्ने धारणा राखेका हुन् ।

उनले एमसीसीलाई सम्भव भएसम्म राजनीतिक दलहरुबीच सहमतिबाट, र नभए सार्वभौम संसद्‍मा संसदीय प्रक्रियामार्फत् यथाशीघ्र निकास दिनुपर्ने बताएका छन् ।

हिलेको गठबन्धनमा एमसीसीका विषयमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा पनि लान नदिने हो भने गठबन्धन, सरकार, नेपाली कांग्रेस र संसदको क्षमतामाथि नै प्रश्न उठ्ने उनले बताए । नेता कोइरालाले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्नुपर्ने बताएका छन् ।

नेता कोइरालाले एमसीसीबारे अब एउटा अमेरिकी अनुदान परियोजनाको रुपमा मात्रै नरहेको भन्दै यसबारे निकै गम्भीर बन्नुपर्ने परिस्थिति बनेको बताएका छन् । ‘बहुचर्चित अमेरिकी सहयोग एमसीसी परियोजना अब सहयोग र अनुदानमा मात्रै सिमित रहेन, यो विषय निकै माथि उठिसक्यो । यसप्रति हामी निकै गम्भीर बन्नु पर्ने परिस्थिति छ । यो परियोजनासँगै हाम्रो कुटनीतिक कौशल र देशलाई नेतृत्व दिने क्षमता जोडिन्छ भन्ने मलाई लाग्दछ,’ उनले भने, ‘नेपालको विकासका लागि आएको अनुदानलाई विभिन्न रङ्ग दिएर अहिले भइरहेको राजनीति सस्तो लोकप्रियताका लागि हो भन्ने मेरो ठहर छ ।’

नेता कोइरालाले पार्टीभित्रको एकता, सम्मान र न्यायोजित व्यवस्थापन गरेर अघि बढ्नुपर्ने चुनौती रहेको बताए । ‘कांग्रेसभित्रको एकता, सबै साथीहरूको सम्मान र न्यायोचित व्यवस्थापनबाट मात्रै मुलुक, लोकतन्त्र र संविधानको रक्षा तथा सम्बर्द्धन सम्भव छ,’ उनले भने, ‘मुलुकलाई सुशासन प्रदान गरी समृद्ध बनाउन सकिन्छ । जनताको मुहारमा उज्यालो भर्न सकिन्छ ।’

प्रतिकृया दिनुहोस