आज निर्वाचन केन्द्रित एमालेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम

Kp oli  mhadibeshn

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निर्वाचनमा केन्द्रित भएको छ । यसैक्रममा आज एमाले अध्यक्ष केपी शर्मा ओलीले आज कार्यकर्तालाई प्रशिक्षण दिने भएका छन् ।

शुक्रबार दिउँसो १ बजे वर्तमान परिस्थिति र स्थानीय तहको निर्वाचनको तयारीका सन्दर्भमा अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट प्रशिक्षण मुलक मन्तव्य दिने भएका छन् ।

उद्घाटन शत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरु सहभागी हुनेछन् ।

एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । महासचिव पोखरेलले माघ २५ गते प्रदेश कमिटीहरुका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका थिए।

पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गरेको हो ।

सातै प्रदेशमा हुने प्रशिक्षणको पहिलो दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म र दोस्रो दिन बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म प्रशिक्षण रहने एमालेले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...