पश्चिमी वायुको सामान्य प्रभाव‚ यी प्रदेशमा वर्षाको सम्भावना

Mausam badali

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । आज बिहान तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति प्रदेश १ को पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी प्रदेशमा भने मौसम सफा रहने छ ।

शुक्रवार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको महाशाले जनाएको छ । शनिबार भने मौसममा सुधार हुने देखिएको छ । देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने आँकलन महाशाखाले गरेको छ ।

प्रतिकृया दिनुहोस