बढ्यो दूधको मुल्य, अब प्रतिलिटर ८५ रुपैयाँ पर्ने

Milk 27

काठमाडौं । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ वृद्धि गरी ८५ रुपैयाँ निर्धारण गरेको छ ।

यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ थियो । मन्त्रिपरिषद्को निर्णय आइसकेपछि कृषि मन्त्रालयले उपभोक्ताको लागि प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी डीडीसीलाई दिएको थियो । डीडीसीले उपभोक्ता मूल्य निर्धारण गरिसकेपछि त्यसैको आधारमा निजी डेरी उद्योगीले पनि मूल्य निर्धारण गर्छन् ।

डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो । यसअघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । 

 त्यसमा नौ रुपैयाँ वृद्धि गरी ८५ रुपियाँ बनाएको डीडीसीले जनाएको छ । वृद्धि भएको नौ रुपैयाँमा प्रतिलिटर ६.५२ रुपैयाँ किसानका लागि वृद्धि भएको छ भने प्रतिलिटर२.४८ रुपैयाँ उद्योगीका लागि वृद्धि भएको डीडीसीले जनाएको छ ।

उद्योगीले प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्नुपर्ने माग गरेका थिए । १० रुपैयाँमध्ये सात रुपियाँ किसानको हुने र तीन रुपैयाँ उद्योगीको हुने पस्ताव गरिएको थियो । यस्तै प्रस्ताव कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले पनि गरको थियो ।

 

प्रतिकृया दिनुहोस