रोयल्टी नतिर्ने याक एण्ड यती बन्द गर्न निर्देशन, ‘पाँच तारे’ वर्गीकरण पनि रद्द

Yak yati

काठमाडौं । रोयल्टी नबुझाएको भन्दै सरकारले दरबारमार्गमा रहेको याक एण्ड यति होटलको पाँचतारे वर्गीकरण र क्यासिनो इजाजत खोसेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट रोयल्टी नबुझाएको भन्दै इजाजत रद्ध गरेको हो । होटलले करिब ४२ करोड रुपैयाँ रोयल्टी नबुझाएको सरकारको ठहर छ ।

बुझाउन बााकी रोयल्टी र नवीकरण दस्तुर बुझाउन पटक पटक पत्राचार गरेको र गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दा पनि बेवास्ता गरेकाले माघ २५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले होटलको अचल सम्पत्ति रोक्का राख्ने, बैंक तथा वित्तीय संस्थामा रहेको कारोबार रोक्का राख्ने निर्णय गरेका थिए । मन्त्री आलेले ५ तारेस्तरको होटल वर्गीकरण प्रमाणपत्र पनि रद्ध गर्ने निर्णय गरेको पर्यटन विभागले होटलललाई लेखेको पत्रमा उल्लेख छ ।

राज्यलाई बुझाउनुपर्ने रकम पटकपटक ताकेता गर्दा पनि नबुझाएको भन्दै पर्यटनमन्त्री प्रेमबहादुर आलेले पाँच तारे वर्गीकरण र क्यासिनो इजाजत रद्ध गरिदिएका हुन् । सरकारले २०४८ सालमा क्यासिनो सञ्चालनको इजाजतपत्र दिएको थियो ।

प्रतिकृया दिनुहोस