मधेशमा आक्रामक बन्दै सिके राउत, पूरा नगरे चुनावमा अवरोध गर्ने धम्की

Ck raut

वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग पूरा नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका छन् । बुधबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै उनले किसानको माग पूरा नगरे तराई मधेश क्षेत्रमा स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका हुन् ।

जनमत पार्टी निर्वाचन विरोधी नभएको जिकिर गर्दै अध्यक्ष राउतले भने,‘हामी निर्वाचनमा जान आतुर छौं । निर्वाचनमा जानु अगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनु पर्यो । किनकी एकै दिनमा यो समस्या समाधान हुने होइन ।’

‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् । अनि मात्र स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं,’ अध्यक्ष राउतले भने, ‘नभए अरु ठाउँमा त भन्न सकिन्नँ । तर तराई–मधेशमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं ।’

उनले अर्को चरणको किसान आन्दोलन फागुन १ गतेबाट सुरु हुने घोषणा गरे । मौसमको खराबीका कारण राजमार्ग केन्द्रीत आन्दोलन ग्रामीण क्षेत्रमा सारिएको बताउँदै अध्यक्ष राउतले फागुन १ गतेबाट सशक्त कार्यक्रम आउने बताए ।

उनले कृषि मन्त्री मधेशकै भएपनि किसानको माग सुन्नसमेत नचाहेको जिकिर । डेढ महिनादेखि आन्दोलन जारी रहँदा पनि किसानहरुको मागमा सरकारले चासो नदिएको प्रति अध्यक्ष राउतले दुःख व्यक्त गरे ।

उनले किसान आन्दोलनमा उठेका मागहरु दीर्घकालिन समाधानका लागि किसानसँग सम्बन्धित विधेयक ल्याएर ठोस कानुन नै बनाउनुपर्ने भएकाले आफूहरुको माग संघीय सरकारसँग रहेको बताए ।

 

 

प्रतिकृया दिनुहोस