प्रचण्ड र नेपालबीच भेटवार्ता, चुनावी मोर्चा बनाउने विषयमा भयो छलफल

Prahcan nepal

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विषयलाई लिएर सत्ता गठबनधन दलबीच दुरी बढेपछि (नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

अध्यक्ष नेपाल माओवादी अध्यक्षलाई भेट्न बुधबार बिहान उनको निवास खुमलटार पुगेको हुन् । दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ ।

एमसीसीको विषयलाई लिएर यतिबेला सत्तारुढ दलहरू विभाजित रहेका छन् । जसका कारण गठबन्धनभित्र निक्कै खटपट बढेको छ । एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति हुन नसक्दा बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि सारिएको छ । अमेरिकाले फेब्रुअरीको अन्त्यसम्म एमसीसी पारित गर्ने डेडलाइन दिएको छ ।

यसअघि मंगलबार नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । कोइराला र ओलीबीच एमसीसी र संसद अवरोधबारे कुराकानी भएको थियो ।

प्रतिकृया दिनुहोस