दिउँसो ३ बजे कांग्रेस पदाधिकारी बैठक बस्दै, एमसीसी मुख्य एजेण्डा

Congress ofc

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बुधवार दिउँसो ३ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।

हिजो मंगलबार पनि पदाधिकारी बैठक बसेको थियो । मंगलवारको बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित थिए । आज भने देउवा उपस्थित हुने बताइएको छ ।

भोलि बस्ने कार्यसम्पादन समिति बैठकका लागि एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बस्न लागेको हो । बैठकमा भातृ संस्थाको अवधि, आसन्न चुनाव, संसदमा एमसीसी प्रवेशलगायत विषयमा समेत छलफल हुने जनाइएको छ ।

बिहीवार बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा भ्रातृ संस्थाका अधिवेशन र बाँकी १६ जिल्लाको अधिवेशनबारे छलफल हुने छ ।मंगलवारको बैठकमा पछिल्लो राजनीतिक परिस्थित, चुनावलगायत विषयमा छलफल भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस