समाजवादी प्रेस संगठन झापामा राई चयन

Samajbadi press jhapa

विर्तामोड । नेकपा समाजवादी पार्टी निकट पत्रकार तथा संचारकर्मीहरुको संस्था समाजवादी प्रेस संगठनको झापा जिल्ला कमिटी मंगलवार निर्माण भएको छ ।

विर्तामोडस्थित पार्टी कार्यालय भवनमा आयोजित एक विशेष समारोहवीच समाजवादी प्रेस संगठनको झापा कमिटी भएको हो । पत्रकार अनिलदेव राईको अध्यक्षतामा गठित १५ सदस्यीय कमिटीको उपाध्यक्ष र सचिवमा क्रमशः दिलिप थापा र रिता दाहाल चयन भएका छन् ।

कमिटीको सहसचिवमा विमर्श उप्रेती, किशोर उपरकोटी र गोविन्द लुवागुन चयन भएका छन् भने कोषाध्यक्ष कमल बुढाथोकी बनेका छन् ।

त्यस्तै सदस्यहरूमा नवराज सुवेदी, नकुल राजवंशी, डिकेन्द्र बस्नेत, जयकुमार राई, विनोद राजवंशी, सुभराज लामिछाने, शंकर भट्टराई र छत्रबहादुर राई चयन भएका छन् ।

जिल्ला भेलामा समाजवादीका केन्द्रीय सदस्य निलमणि बराल, जिल्ला अध्यक्ष वेदराज रेग्मी, विर्तामोड नगर अध्यक्ष श्री सिटौला, अग्रज पत्रकारहरु लीला वराल, धर्मेन्द्र मामा, जीएन शर्मा, लगायतको उपस्थिति थियो । केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज तीर्थ सिग्देलको सभापतित्व भेला सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस