मन्त्रिपरिषद्को बैठक बस्दै, यी हुन छलफलको एजेण्डा

Deuba cabinet

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकबाट आगामी स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ ।

आइतबार बसेको प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचमा आजको मन्त्रिपरिषद् बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।

यसअघि निर्वाचन आयोगसँगको छलफलमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको थियो ।
 

प्रतिकृया दिनुहोस