आज स्थानीय तहको निर्वाचन मिति तोक्ने सरकारको तयारी

Gyanendra karki

काठमाडौँ । सरकारले आज स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको छ । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्ने दिन हो ।

आइतबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले स्थानीय निर्वाचन समयमै गर्न आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अबको क्याबिनेटले मिति घोषणा गर्ने बताएका हुन् ।

सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि मन्त्रिपरिषद्को अब बस्ने बैठकले निर्वाचन मिति घोषण गर्ने बताएका छन् । यद्यपि आज क्याबिनेट बस्ने - नबस्नेबारे भने आफूले सूचना पाइनसकेको महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले बताए ।

निर्वाचन आयोगले जेठ ४ गतेका लागि चुनावको मिति प्रस्ताव गरेको र पाँच दलीय सत्तारुढ गठबन्धनभित्र पनि करिब सहमति भइसकेको बताइएको छ ।

प्रतिकृया दिनुहोस