पराल बोकेको ट्रकमा कार ठोक्किँदा ३ जनाको मृत्यु, २ जना घाइते

Car accident at butwal

बुटवल । रुपन्देहीको बुटवल तामनगरमा सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा कारमा सवार तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार २ जना गम्भीर घाइते भएका छ्न् ।

रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको प्रहरीको भनाइ छ। दुर्घटनामा परि गम्भीर घाइते २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

बेहुला बेहुलीलाई कपिलवस्तु छोडेर फर्किंदै गरेको कार सडक किनारमा रोकिराखेको पराल बोकेको ट्रकको पछाडि ठोक्किएको हो । कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ ।

घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । मृत्यु र घाइते सबैको सनाखत तथा पहिचान हुन बाँकी छ । ट्रक चालक फरार रहेका छन् ।

 

प्रतिकृया दिनुहोस