अब कतारबाटै विद्युतीय राहदानी बनाउन सकिने, यस्तो छ प्रावधान

Qatar embassy

दोहा । अब कतारस्थित नेपाली दूतावासबाटै विद्युतीय राहदानी (ई पासपोर्ट) बनाउन सकिने भएको छ । विद्युतीय राहदानी (ई पासपोर्ट) का लागि प्रि इनरोलमेन्ट सुरु भएको दूतावासले जनाएको छ ।

दूतावासले आइतबार एक सूचना जारी गर्दै नेपाली दूतावास दोहाबाट लाइभ इनरोलमेन्ट प्रक्रिया पूरा गरी राहदानी विभाग काठमाडौँबाट सफलतापूर्वक पहिलो विद्युतीय राहदानी (ई पासपोर्ट) तयार भएको जनाएको छ ।

यो सफलतासँगै नेपाली दूतावास दोहा विद्युतीय राहदानी प्रणाली प्रयोगमा ल्याउने पहिलो नेपाली दूतावास बनेको छ । ई पासपोर्ट प्रणाली सफलतापूर्वक सुरुवात भयसँगै आइतबारदेखि नै दूतावासमा ई पासपोर्टका लागि आवेदन प्रि इनरोलमेन्ट बुकिङ खुल्ला गरिएको दूतावासले जनाएको छ ।

ई पासपोर्ट सुरु भएको प्रारम्भिक चरणमा केही सीमित बुकिङ मात्र खुल्ला गरिएको छ । अहिले राहदानीको म्याद सकिएका वा तीन महिना भन्दा कम समय बाकी भएकाहरूले मात्र आवेदन दिन सक्ने दूतावासले जनाएको छ ।

यस्तो छ ई पासपोर्ट आवेदन गर्नका लागि प्रि इनरोलमेन्ट गर्ने तरिका र प्रि इनरोलमेन्ट गर्न चाहिने कागजपत्र :

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...