काठमाडौंमा सवारी साधनमा हट्यो जोर बिजोर, यस्तो छ नयाँ नियम

फागुन १ गतेदेखि स्कुल खुल्ने, रात्री व्यवसाय पनि खुल्ने

Yatayat bus

काठमाडौं । उपत्यकामा निजी सवारीमा लागू गरिएको जोरबिजोर प्रणाली भोलिदेखि हटाउने निर्णय गरिएको छ ।

सिसिएमसिको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । सिफारिससँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले गृह मन्त्रालयको निर्देशनमा सिफारिसलाई कार्यान्वयन गर्ने निर्णय गरेका हुन् ।

आइतबार नै बसेको सीसीएमसीसीको बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको थियो । सो सिफारिससँगै उपत्यकाका सीडीओहरूले गृह मन्त्रालयको निर्देशनमा सिफारिसलाई कार्यान्वयनमा लागेका हुन् ।​

फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिनेछ । तर १२ वर्ष पुरा नगरेका विद्यार्थीहरुको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भनिएको छ । 

प्रतिकृया दिनुहोस