स्थानीय तहको चुनावपछि मात्र एमसीसी अघि बढाउन प्रचण्डको प्रस्ताव

Prchanda 12

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे चुनावपछि मात्रै छलफल गर्न प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आमन्त्रणमा भएको प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको भेटका क्रममा अध्यक्ष दाहालले यस्तो प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री देउवाले भने तत्कालै एमसीसी पास गर्नुपर्ने अवस्था रहेको भन्दै ओली र दाहाल दुवैलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले सत्तापक्षले आफ्नो दृष्टिकोण राखेको अवस्थामा एमाले अनिर्णित नबस्ने बताएका थिए ।

‘एमसीसीका सन्दर्भमा उहाँले प्रतिपक्षले सदन सुचारु गर्न सहयोग गरोस् वा संयुक्त रुपमा प्रतिपक्ष समेत भएर चुनाव पछाडि मात्र अगाडि बढाउन उचित हुन्छ भनेर प्रस्ताव पठाउँ भनेर आग्रह गर्नु भएको छ,’ एमाले महासचिव शंकर पोखरेलले भने ।

‘अहिले सत्ता पक्षकै एकमत देखिएको अवस्था छैन । सरकारले आफ्नो धारणा राखेको अवस्थामा एमालेले अनिर्णित रहँदैन, हामी आफ्नो स्पष्ट निर्णय गर्छौँ,’ महासचिव पोखरेलले भने, ‘यो सरकारले अघि बढाउनुपर्ने विषय हो, त्यसैले पहिले सत्तापक्षले धारणा सार्वजनिक गरोस्, तब हामी बोल्छौं भनेका हौं ।

उनले आफूहरूले एमसीसी पास गर्नेबारे पहिले सरकार स्पष्ट होस् भन्ने राय राखेको बताए । प्रधानमन्त्रीले एमसीसी यसै संसद्को अधिवेशनबाट अगाडि बढाउनुपर्ने प्रस्ताव गरे पनि प्रचण्डले पहिले संसद् खुल्नुपर्ने, एमसीसी चुनावपछि आवश्यक संशोधनपछि मात्र राष्ट्रिय सहमति निमार्ण गरेर पारित गर्नुपर्ने धारणा राखेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...