‘स्वर कोकिला’ अर्थात् लता मंगेशकरको निधन

Lata mangeshkar 1

काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । ‘स्वर कोकिला’ उपनामले चिनिने लताको आज सरस्वती पूजाकै दिन निधन भएको हो ।

मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान लताको निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।

उनलाई यसै वर्ष जनवरी महिनाको सुरुवातमा कोभिड संक्रमित भएपछि अस्पताल भर्ना गरिएको थियो । स्थितिमा सुधार नभएपछि उनी हप्तौँसम्म आइसीयूमा भर्ना थिइन् ।

भारतका केन्द्रीय मन्त्री नितिन गडकरीले ट्वीट गर्दै लेखेका छन्, ‘देशको शान र संगीत जगतकी शिरमोर स्वर कोकिला भारत रत्न लता मंगेशकरजीको निधन असाध्यै दुःखद हो । पुण्यात्माको मेरी भावपूर्ण श्रद्धाञ्जली । उनको निधन देशका लागि अपूरणीय क्षती हो । उनी सबै सङ्गीत साधकका लागि सदैव प्रेरणा थिइन् ।’

उनले नेपाली गीतमा पनि स्वर भरेकी छन् । लताले नेपाली गीत ‘फूल भन्छ फूलिरहुँ..’ गीत गाएकी छन्। रामकृष्ण ढकालसँग उनले यो गीत गाएपछि लता नेपालमा समेच चर्चित थिइन् ।

उनले भारतको प्रतिष्ठित भारत रत्न, दादा साहेब फाल्के लगायतका सम्मान तथा अवार्ड प्राप्त गरेकी छन् । बलिउडको उदयसँगै यहाँका फिल्ममा पार्श्वगायक वा प्लेब्याक सिंगरको महत्वपूर्ण भूमिका रहेको छ, जसले फिल्मी पर्दामा अभिनेता र अभिनेत्रीलाई आफ्नो आवाज पर्दा पछाडिबाट दिँदै आइरहेका छन् ।

लता मंगेशकरलाई भारतकी सुर कोकिला भनिन्थ्यो । उनको फिल्मी सङ्गीत करियर आधा शताब्दिभन्दा पनि लामो रह्यो जसमा उनले ३६ भारतीय भाषामा ३० हजारभन्दा बढी गीत गाइन् ।

थुप्रै दशकसम्म लता मंगेशकर भारतकी सबैभन्दा चर्चित र मागमा रहने गायिका रहेकी थिइन् । बलिउडका हरेक ठूला अभिनेत्रीको आफूले अभिनय गर्ने गीतलाई लता मंगेशकरले नै स्वरबद्ध गरुन् भन्ने चाहना हुन्थ्यो । उनी यति लोकप्रिय थिइन् कि उनको हरेक एल्बम दशौँ हजारको संख्यामा बिक्रि हुने गर्दथ्यो ।

लता मंगेशकरको जन्म २८ सेप्टेम्बर सन् १९२९ को मध्य भारतको शहर इन्दौरमा भएको थियो । उनका पिता पंडित दिनानाथ मंगेशकर पनि गायक थिए । उनी थिएटर कलाकार पनि थिए र मराठी भाषामा सङ्गीतमय नाटकका निर्माता पनि थिए ।

लता मंगेशकर आफ्ना पिताका पाँच सन्तामध्ये सबैभन्दा जेठी थिइन् । पछि लताका भाइ बहिनी पनि उनको अनुसरण गर्दै सङ्गीतको दुनियाँमा कदम राखे र पछि गएर भारतका चर्चित गायक बने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...