आजदेखि मौसमममा सुधार, तापक्रम पनि बढ्ने

Weather 23

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसममा आजदेखि सुधार भएको छ । केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम प्रभावित भई हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र देशभर पानी परेको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि नै सामान्यतया देशैभर मौसम सफा हुँदै गएको हो । मौसमी प्रणालीमा सुधार भएसँगै अब हिमपात र वर्षा पनि बिस्तारै कम हुँदै जाने छ ।

आजदेखि दुई–तीन दिन मौसम सुधार हुने र बुधबार बिहीबारदेखि फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको मौसमविदले बताएका छन् । अब अर्को प्रणाली नआएसम्म पानी पर्ने सम्भावना नभएको महाशाखाले जनाएको छ । मौसममा सुधार आएसँगै तापक्रम पनि बढ्नेछ ।

गएको बुधबार रातिदेखि नेपाल प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका धेरै ठाउँमा वर्षा र हिमपात हुँदा चिसो बढेको छ । महाशाखाका अनुसार आइतबार दिउँसो मौसम सफा नै रहनेछ भने राति प्रदेश १ र बागमतीमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

प्रतिकृया दिनुहोस