सशस्त्र प्रहरीको डीएसपी पदमा बढुवा प्रक्रिया सुरु

Apf

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले रिक्त रहेको नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ ।

सशस्त्र मुख्यालयले साधारण समूह अन्तरगतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो ।

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायक महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलद्वारा शुक्रबार जारी सूचनामा मूल्यांक फारम भरी १० दिनभित्र पेस गर्न बढुवाका सम्भाव्य उम्मेदवारहरुलाई भनिएको छ ।

सशस्त्र प्रहरी बलमा हाल उपसमूहतर्फ डीएसपीका ५७ पद रिक्त छन् । 

प्रतिकृया दिनुहोस