प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

Pyuthan accident

प्युठान । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । 

बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको डीएसपी सत्यनारायण थापाले जानकारी दिए । जीप बेहुलाको घर नजिकै आउँदा दुर्घटना भएको हो । घटनास्थलमै ६ जना र उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा थप दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेले बताए ।

मृत्यु हुनेमा स्थानीय एकै घरका श्रीमान बसन्त खड्का, श्रीमती बसन्ता खड्का, छोरी एलिशा खड्का रहेका छन् ।  त्यस्तै, सोही ठाउँकी केशरी खड्का, नन्दी खड्का, खिम खत्री, बले बुढा मगर रहेका छन् । एक जना लुङका व्यक्तिको पहिचान हुन सकेको छैन । मृत्यु हुनेहरु गौमुखी गाउँपालिका–६ का स्थानीय हुन् ।

जीप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किंदै गर्दा शनिबार बिहान ३ बजे दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका ५ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । धेरैको अवस्था चिन्ताजनक छ ।

प्रतिकृया दिनुहोस