जनमत पार्टीको आन्दोलनका कार्यक्रम स्थगित   

Ck9 e1643867586484

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन स्थगित गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मौसममा प्रतिकूलतका कारण आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गर्ने निर्णय गरेको हो ।

जनमत पार्टीले गत माघ २ गतेदेखि तराई मधेसमा किसानका विभिन्न मुद्दाका उठाएर सडक अवरोधसहित प्रदर्शन गर्दै आएको थियो । जनमतले आन्दोलनका क्रममा सर्वसाधारणका गाडीमा समेत तोडफोड र अगाजनीसमेत गरेको थियो ।

कर्मचारीलाई मोसो दल्ने, सार्वजनिक तथा व्यक्तिका गाडी तोडफोड गर्ने र लाठा लिएर सडकमा प्रदर्शन गरेर अराजकता मच्चाउँदै आएको यो पार्टीले पछिल्लो समय किसान आन्दोलनका नाममा पूर्वपश्चिम राजमार्ग अस्तव्यस्त पारिरहेको थियो ।

 

प्रतिकृया दिनुहोस