मोरङ हत्या काण्ड : तीन आरोपी सार्वजनिक

Hatyy

काठमाडौं । आफ्ना साझेदारहरुको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार बिहान पत्रकार सम्मेलन गरी मोरङ प्रहरीले हत्याको आरोपमा पक्राउ परेका मण्डलसहित तीन जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–२१ स्थायी घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलम रहेका छन् । यीमध्ये मण्डल मुख्य आरोपी हुन् । भने अन्य उनका सहयोगीहरु हुन् ।

कारोबार रकम एकलौटी गराउने उदेश्यले मण्डलले साझेदारहरु राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथानस्थित उखुबारीमा खाल्डो खनेर गाडिएको थियो भने लिम्बुको शव बिहीबार ललितपुर महानगरपालिका–१२ ठेंचोस्थित एक गोदाम घर रहेको कम्पाउण्डमा गाडिएको अवस्थामा फेला परेको थियो ।

 

प्रतिकृया दिनुहोस