देशको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात, भोली देशभर पानी पर्ने

Mausam badali

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भएको छ ।

बुधबार राति नेपाल प्रवेश गरेको मौसम प्रणालीका कारण सुदूरपश्चिम हुँदै कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरुमा मौसम बदली, मेघ गर्जन, चट्याङसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

महाशाखाका अनुसार मौसमी प्रणालीको प्रभाव विस्तारै पश्‍चिमबाट पूर्वतिर सर्दै आएको छ । त्यसैले बागमती प्रदेश र प्रदेश- १ मा बिहीबार राति नै वर्षा र हल्का हिमपातको सम्भावना छ ।

‘पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सर्दै जान्छ। बिहीबार बागमती प्रदेश र प्रदेश९१ का उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना छ । उपत्यकामा आज रातिदेखि वर्षा हुन्छ भने तराईका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन्छ’ मौसमविद् प्रधानाङ्गले भने ।

वर्षा र हिमपातको क्रम शुक्रबार दिनभर रहने उनले बताए । शुक्रबार देशभर सबैजसो क्षेत्रमा हल्का वर्षाको सम्भावना छ भने गण्डकी र लुम्बिनीका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

यस्तै शनिबार पनि गण्डकी, बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू९भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । आइतबारदेखि भने मौसममा सुधार हुँदै जाने मौसमविद् प्रधानाङ्गले बताए ।

प्रतिकृया दिनुहोस