पत्रकार कमल राईको निधन

Kamal rai

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य पत्रकार कमल राईको ह्रृदयघातका कारण निधन भएको छ ।

प्रभाव दैनिकका सम्पादकसमेत रहेका राईको मित्रपार्कस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

ओखलढुङ्गा घर भएका राई लामो समयदेखि काठमाडौँमा बसेर पत्रकारिता गर्दै आएका थिए । उनी नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको गत वर्ष भएको निर्वाचनमा अत्याधिक मत ल्याएर सदस्यमा निर्वाचित भएका थिए ।

उनको निधनप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखा, राष्ट्रिय दलित पत्रकार संघ नेपाल लगायतका संघ संस्थाहरुले समवेदना व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस