काठमाडौँ उपत्यकामा थपिए १५०९ जना कोरोना संक्रमित

Kathmandu valley

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५०९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २४९, भक्तपुरमा ७७ र ललितपुरमा १८३ जना संक्रमित थपिएका हुन्।

यस्तै गत २४ घण्टामा देशभर ३ हजार १७५ संक्रमित थपिएका छन् भने १४ जनाले ज्यान गुमाएका छन्।

बिहीबार ८ हजार ७२३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ६३ हजार २९६ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १० हजार २६ पीसीआर तथा २ हजार ५७९ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस