गठबन्धन टुट्दैन् निर्वाचनसम्म सँगै हुँन्छौँ : प्रचण्ड  

Prachanda

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच दलीय गठबन्धन संसदीय निर्वाचनसम्मै कायम रहने उल्लेख गरेका छन्।

कर्णाली प्रदेशको विस्तारित बैठक र प्रशिक्षण कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने दाबी गरेका हुन्।

एमसिसी पारित गर्ने विषयले गठबन्धनको भविष्य धरमराइरहेको अवस्थामा दाहालले पनि पाँच दलीय मोर्चा कायमै रहने बताएका हुन्। बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि गठबन्धन कायमै रहने दाबी गरेका थिए।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भने, ‘गठबन्धन टुट्दैन। संसदीय निर्वाचन गठबन्धन गरेरै जाने कुरा छ।’

उनले एमसिसीबारे गठबन्धनमा फरक–फरक धारणा व्यक्त भइरहेको जानकारी दिए। ‘एमसीसीबारे पार्टीहरूका आ–आफ्नै कुरा छन्। कतिपय पारित गरिहाल्नुपर्छ भन्नेमा हुनुहुन्छ। हामी परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने पक्षमा छौँ। जे गरे पनि सल्लाहबाटै अघि बढेछौँ।’
 

प्रतिकृया दिनुहोस