मोटरसाइकल चोरीमा संलग्न २ जना पक्राउ

Mosa chori

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले काठमाडौँको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाइकलसहित २ जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरुमा सुर्खेत वीरेन्द्रनगर घर भई चावहिल बस्ने वर्ष २३ को सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने वर्ष १८ को समीर तामाङ रहेका छन्।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले गोकर्णेश्वरबाट नियन्त्रणमा लिएका तामाङ्गको साथबाट वास्तबिक नम्बर परिवर्तन गरी बा प्र-०२,०२५ प १३१८ नम्वर हालेको अवस्थामा कालो रातो रङको २२० सीसीको पल्सर मोटरसाइकलसमेत बरामद गरिएको जानकारी दिए।

अनुसन्धानपश्चात वस्तबिक नम्बर बा प्र-०२,०२९ प ५२०९ भएको उक्त मोटरसाइकल यही पौष १४ गते भक्तपुर निलबाराहीबाट हराएको खुलेपछि मोटरसाइकल धनी भक्तपुर बस्ने रामचन्द्र नेपाललाई सम्पर्क गरेको उनले बताए। तामाङलाई थप अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी वृत्त ठिमी पठाइएको महाशाखाले जनाएको छ।

त्यसैगरी ललितपुरको सानेपाबाट बा ९८ प ७९६१ नम्वरको कालो सेतो रङको २०० सीसीको डुक मोटरसाइकलसहित सुर्खेतका महतरालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। महतराले उक्त मोटरसाइकलको वास्तबिक नम्बर प्लेट भने परिवर्तन गरेका थिए।

तार्केश्वरका प्रज्ज्वल बोगटीको वस्तबिक नम्बर बा ९९ प ४८८२ भएको उक्त मोटरसाइकल काठमाडौँस्थित भृकुटीमण्डपबाट हराएको भनी ट्राफिक प्रहरी महाशाखामा हुलिया निवेदन दिइएको थियो।

मोटरसाइकलसहित पक्राउ परेका महतरालाई चोरी मुद्दा अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस