काँकरभिट्टामा  एक जुत्ता कारखानामा भीषण आगलागी

Jhapa   agalagi

काठमाडौँ । विपदका बेला आफ्नै नगरपालिकाको दमकल काम नलागेपछि झापाको काँकरभिट्टाको जुत्ता कारखानामा जारी आगलागी नियन्त्रणमा समस्या भएको छ।

झापाको मेचीनगरस्थित काँकरभिट्टाको एक जुत्ता कारखानामा भीषण आगलागी जारी छ। केहीबेर अघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो।

जुत्ता उद्योग एसएस फुटवेरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले बताए।

आगलागी सुरु भएको झन्डै एक घण्टापछि मात्र बिर्तामोड र भद्रपुर नगरपालिकाका दमकल पुगेका थिए। तर, आगो नियन्त्रण बाहिर गइसकेको थियो। अहिले दमक नगरपालिकाको दमकल घटनास्थल पुग्न लागेको छ।

प्रतिकृया दिनुहोस