एमालेको केन्द्रीय प्रचार विभागमा ९ सदस्य मनोनीत, यस्तो छ नामावली

Amale

काठमाडौँ । नेकपा (एमाले) ले केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा ९ सदस्य मनोनीत गरेको छ । भक्तपुरको कौशलटारस्थित जर्मन होम्समा आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रचार विभागमा ९ जना सदस्य मनोनीत गरेको हो ।

एमाले केन्द्रीय प्रचार विभाग प्रमुखमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र उपप्रमुखमा केन्द्रीय सदस्य बिष्णु रिजाल रहेका छन् । आजको बैठकले ९ जना सदस्य थप गरेको हो ।

थपिएका सदस्यहरुमा गगन बिष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, चेतन अधिकारी, निर्मला शर्मा, उजिर मगर, टीका बिष्ट, महेश दास र रोशन खडका रहेका छन् ।

मनोनीत भएका सवै सदस्यहरु प्रेस चौतारी नेपालका वर्तमान तथा पूर्वपदाधिकारी, एकता प्रक्रियामा सहभागी भएका प्रचार क्षेत्रका नेता भएको एमाले प्रचार विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस