समयमै निर्वाचन गर्न माग गर्दै एमाले अखिलले बुझायो प्रधानमन्त्रीलाई पत्र

Akhil   baluwatar

काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्थानीय तहको निर्वाचन संवैधानिक व्यवस्थाअनुसार समयमै गर्न माग गर्दै प्रधानमन्त्रीलाई पत्र बुझाएको छ ।

निर्वाचन आयोगले संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि मिति तोक्न र आफूहरुलाई तयारीका लागि पर्याप्त समय दिन पटक–पटक भेट तथा विज्ञप्तिमार्फत आग्रह गरेको भए पनि सरकारले बेवास्ता गरिरहेको अनेरास्ववियुको आरोप छ।

बिहीबार अनेरास्ववियुको केन्द्रीय नेतृत्वसहितको टोलीले प्रतीकात्मक रुपमा निर्वाचन आयोगको ध्यानाकर्षणमा आफूहरुको पनि समर्थन रहेको जनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र बुझाएको हो। टोलीले निर्वाचन आयोग हुँदै प्रधानमन्त्री निवास बालुवाटार गएर ध्यानाकर्षणपत्र बुझाएको हो।

पत्रमा वर्तमान सरकार स्थानीय तहको निर्वाचन टाल्ने प्रयासमा रहेको आरोप लगाउँदै आउँदो जेठ ५ मा हालका पदाधिकारीको समयावधि सकिनुपूर्व नै चुनाव गर्ने गरी काम थाल्न आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस