उदयपुरमा परराष्ट्रमन्त्री डा.खड्कालाई कालो झण्डा देखाउने तीनजना पक्राउ

Nayaran khadka

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाइएको छ। गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीबार बिहान कालो झण्डा देखिएको हो।

गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेका परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटलअघि कालो झण्डा देखाइएको हो।

कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ।

परराष्ट्रमन्त्री डा.खड्का त्रियुगा नगरपालिका- ८ स्थित अम्बेरसिंह जनता माध्यमिक विद्यालय राजावासको बालबालिकालाई न्यानो कपडा र त्रियुगा नगरपालिका- ९ स्थित सरस्वती गाउँमा ७२ घरपरिवारमा जडान गरिएको विद्युत् उद्घाटन गर्न आउने क्रममा कालो झण्डा देखाइएको हो।

प्रतिकृया दिनुहोस