स्थानीय निर्वाचनबारे सुरक्षा योजना पेश गर्न चारै सुरक्षा प्रमुखहरुलाई निर्देशन

Grihamantralaya

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिले स्थानीय तहको आगामी निर्वाचनको सुरक्षा योजना पेस गर्न चारै सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा बुधबार गृह मन्त्रालयमा बसेको बैठकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई स्थानीय तहको निर्वाचनको सुरक्षा योजना बनाएर पेस गर्न निर्देशन दिएको हो।

यसका लागि आवश्यक पर्ने स्रोतसाधन र खर्चको विवरण दिन पनि बैठकले निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। बैठकमा चारै सुरक्षा निकायका प्रमुख र प्रतिनिधि उपस्थित थिए।

नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले सुरक्षाबारे आफ्नो धारणा राखेका थिए।

खाँणका अतिरिक्त गृहसचिव टेकनारायण पाण्डे र रक्षासचिव किरणप्रसाद शर्मा पनि बैठकमा थिए।

 

प्रतिकृया दिनुहोस