निर्वाचन स्वेच्छाको विषय हुन सक्दैन, आयोगले तोकेकै मितिमा गर्नुपर्छ : ओली  

Nepal pm oli

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् ।

बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन कसैको स्वेच्छाको विषय हुन नसक्ने भन्दै आयोगले तोकेकै मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको बताएका हुन् ।

‘संविधानको सहि कार्यन्वयन उत्तर दायित्व निभाउने हो भने फागुनभित्र निर्वाचन गरिसक्नुपर्थ्यो, यस सम्बन्धमा हामीले पटक–पटक सरकारलाई पटक–पटक ध्यानकर्षण पनि गराएका हौ’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘तर सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यन्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भयो ।’

साथै ओलीले २४ लाख खोप हराउनु सानो कुरा नभएको भन्दै कठिन ढंगले प्राप्त गरेको उक्त खोप हरायो भन्नु हास्यास्पद र गम्भिर रहेको बताए ।

प्रतिकृया दिनुहोस