छोराले दिएर डा. टिंकरीलाई कलेजो, सफल प्रत्यारोपण

Tinkari

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हालै मात्र अवकाश पाएका डा.भिमसिंह टिंकरीको कलेजो प्रत्यारोपण सफल भएको छ। मन्त्रालयको प्रमुख विशेषज्ञ पदबाट उमेरका आधारमा अनिवार्य अवकाश पाएका डा.टिंकरी केही महिनादेखि अस्वस्थ थिए।

उनको कलेजोमा समस्या देखिएपछि उपचारका लागि भारतमा गएका थिए। डा.टिंकरीको भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा कलेजो प्रत्यारोपण गरिएको हो। उनलाई आफ्नै छोरा देवाशिषले कलेजो दान गरेका थिए।

प्रत्यारोपण सफल भएपछि डा.टिंकरीले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै प्रत्यारोपण सफल भएको जानकारी दिएका हुन्। 

दिल्लीस्थित म्याक्स अस्पतालका प्रमुख कलेजो प्रत्यारोपणविज्ञ डा.सुभाष गुप्ताको टोलीले प्रत्यारोपण गरेको र छोराले आफूलाई कलेजो दान दिएको उनले फेसबुकमा लेखेका छन्।

नेपालमा रहँदा उनलाई त्रिवी शिक्षण अस्पतालका चिकित्सकले पनि कलेजो प्रत्यारोपण गर्न सुझाब दिएका थिए। 

प्रतिकृया दिनुहोस