मन्त्री झाँक्रीद्धारा धोविखोला करिडोर सडक अतिक्रमणको अनुगमन

Dhobikhola   koridor  jhakri

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोविखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गरेकी छन् ।

काठमाडौँको अनामनगर क्षेत्रमा धोविखोला करिडोर सडक निर्माण सामाग्री थुपार्ने, पसलहरुले सामान राख्ने गर्दा सडक क्षेत्र अतिक्रमण भइरहेको छ ।

जसले गर्दा सवारी चालक र पैदलयात्री समस्यामा पर्दै आएका थिए । सडक मिचेर राखिएका निर्माण सामग्री र पसलका सामानहरु बुधबार अनुगमनका क्रममा उठाइएको छ ।
 
 

प्रतिकृया दिनुहोस