पछिल्लो २४ घण्टामा काठमाडौँमा थपिए १ हजार ९ सय ७ संक्रमित

Kathmandu valley

काठमाडौँ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मंगलबार थप १ हजार ९ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँमा १ हजार ४ सय ४, भक्तपुरमा १९५ तथा ललितपुरमा ३०८ जना संक्रमित थपिएका हुन्।यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ५२ पुगेको छ। मंगलबार ८ हजार २ सय ६७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 

प्रतिकृया दिनुहोस