चुनावको मिति घोषणा गर्ने तयारीमा प्रधानमन्त्री देउवा, आजै आयोगका पदाधिकारीसँग छलफल गर्ने

Sher bahadur deuba

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी थालेका छन् ।

उनले पार्टीका नेताहरुसँगको छलफलमा आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने बताईसकेका छन् ।

आजै प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीलाई छलफलको लागि बालुवाटार बोलाएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयोगका पदाधिकारी आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटार जाने भएका छन् ।

आयोगले यसअघि देखि नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिँदै आएको छ ।

यही सन्दर्भमा प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीसँग आज छलफल गर्न लागेका हुन् । 

प्रतिकृया दिनुहोस