खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट  

Supreme court

काठमाडौँ । कोरोना भाइरसको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी बनाएर अदालतमा रिट निवेदन दायर गरेका हुन् ।

रिट निवेदनमा खोप कार्ड नभएकालाई सेवाबाट बञ्चित गर्नेदेखि सार्वजनिक स्थलमा प्रवेश रोकसमेत लगाउने सरकारी निर्णय गैरकानुनी रहेको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरिएको छ ।

सरकारले कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनसहितको सङ्क्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी तुल्याउन पुस ३० र माघ ६ गते सार्वजनिक स्थलमा अनिवार्य खोप कार्ड देखाउनु पर्ने निर्णय गरेको थियो ।

 

IFrame

प्रतिकृया दिनुहोस