जबर्जस्ती करणीमा परेकी १३ वर्षिय बालिकाले जन्माइन् छोरी, आरोपी चौधरी पक्राउ

Pakrau2022

काठमाडौँ । ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ का ४१ वर्षीय मनिराम चौधरी एक बालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका छन् ।

छिमेकी १३ वर्षिय बालिकालाई डरत्रास देखाई बलात्कार गरी गर्भवती बनाएको र बालिकाले बच्चा जन्माएपछि घटना बाहिर आएको हो । जबजस्ती करणीमा परेकी १३ वर्षिय बालिकाले छोरी जन्माएपछि घटना खुलासा भएको हो ।

२०७८ वैशाख २७ गते बालिकालाई आफ्नो घरमा एक्लै भएको अवस्थामा डर त्रास देखाई घरभित्रै जबर्जस्ती करणी गरेको पीडित बालिकाले बताएकी छिन् ।

पीडित बालिकाले गत आइतबार (माघ १६ गते) स्थानीय नेउलापुर स्वास्थ्यचौकीमा बच्चा (छोरी) लाई जन्म दिएकी छिन् । बालिकाको पेट एक्कासी दुखेपछि स्थानीय क्लिनिकमा उपचारका लागि भिडियो एक्सरे गर्ने क्रममा बालिकाको पेटमा गर्भ रहेको पत्ता लागेको र सोही दिन नै बच्चा जन्मिएको पीडित बालिकाका आफन्तले बताएका छन् ।

पीडित बालिकाले बच्चा जन्माएको खबर प्राप्त हुनासाथ पीडक चौधरीलाई पक्राउ गरेको छ । प्रहरीले चौधरीलाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । बालिकालाई अहिले सेफ हाउसमा राखिएको छ ।  
 
 

प्रतिकृया दिनुहोस