राष्ट्रिय सम्मेलनमा १६ सय ३१ प्रतिनिधि सहभागी हुने, १० प्रतिशत मनोनित गर्ने जिम्मा प्रचण्डलाई

Maobadi baithak

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनमा १६ सय ३१ जना प्रतिनिधि सहभागी हुने भएका छन् । काठमाडौंमा आइतबारदेखि १३ गतेसम्म हुने सम्मेलनमा प्रदेश, विभिन्न संगठन र मनोनित गरि १६ सय ३१ जना प्रतिनिधि सहभागी हुने स्थायी समिति बैठकले निर्णय गरेको हो ।

पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार साँझ बसेको माओवादी स्थायी कमिटी बैठकले पुस ११ र १२ गते काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लगाएको हो ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार शुक्रबार बिहान र दिउँसो दुईपटक बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिवेदन पनि पेस गरेका थिए ।

प्रतिनिधि बन्नेको चाप बढेकाले कुल संख्याको १० प्रतिशत मनोनित गर्ने निर्णय बैठकले गरेको र यसको जिम्मा पार्टी अध्यक्षलाई दिइएको महराले जानकारी दिए । उनले १ सय ४८ जना मनोनित प्रतिनिधि हुने बताए ।

यसअघि शुक्रबार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रतिवेदन पेश गरेका थिए। माओवादी स्थायी कमिटी बैठक शनिबार दिउसो पुनः बस्ने प्रवक्ता महराले जानकारी दिए ।

प्रतिकृया दिनुहोस